थप १ सय ४१ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ०१


काठमाडौं । नेपालमा थप १ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार(आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३हजार १ सय२२ मा पिसिआर गर्दा १सय४१ जनामा कोरोना पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मुलुकभर ३ हजार २७ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्