जम्मु कश्मीरमा चरमपन्थी आक्रमण– एक पार्षद्को मृत्यु, केही घाइते

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ४९


भारत । जम्मू–कश्मीरको बारामूला जिल्लाको सोपोर क्षेत्रमा चरमपन्थीहरुले आक्रमण गरेका छन् । नगर परिषद्को कार्यालयमा पार्षद्हरुको बैठक जारी रहँदा चरमपन्थीहरुले गोलाबारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमलामा पार्षद रियाज अहमदको मृत्यु भएको छ भने अर्का पार्षद शम्सुद्दीन घाइते भएका छन् । त्यस्तै, हमलामा शफाकत अहमद नाम गरेका एक प्रहरी पनि घाइते भएको समाचारमा जनाइएको छ ।

सुरक्षाकर्मीले चरमपन्थीहरुको खोजीमा सो क्षेत्रलाई घेराबन्दी गरेर खोजी कार्यलाई तिब्रता दिएको दैनिक भाष्ककरको समाचारमा उल्लेख गरिएको छ ।

जम्मू–कश्मीरमा पछिल्लो २४ घण्टामा भएको यो दोस्रो चरमपन्थी हमला हो ।

आइतबार अनन्तनागमा चरमपन्थीहरुले सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ०को बंकरमा ग्रिनेड हमला गरेका थिए । उक्त ग्रिनेड सडकमा पुगेर पड्एिको थियो । घटनामा दुईजनाले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस्