बालुवाटार जग्गा प्रकरण- मन्त्रिपरिषद् र अख्तियारका निर्णय झिकाउन सर्वोच्चको आदेश

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ४१


काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निणर्य झिकाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिल कुमार सिन्हा र हरि प्रसाद फुयालको सोमबारको संयुक्त इजलासले पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल तथा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदले गरेका निणर्य झिकाउन आदेश दिएको हो ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुद्दा चलाउन सन्दर्भमा गरेका निणर्य झिकाउन पनि सर्वोच्चले आदेश जारी गरेको छ ।

सर्वोच्चले माधव कुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषदको २०६६ चैत २९, २०६७ वैशाख ३१ तथा २०६७ साउन २८ गते र बाबुराम भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले २०६९ असोज १८ गते गरेको निणर्य झिकाउन भनेको हो ।


प्रतिक्रिया दिनुहोस्