थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ३८


काठमाडौं । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन् ।

रेशम चौधरीको रिहाइलगायतका विषयमा समेत वार्ता हुने बताइएको छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता पार्वत गुरूङका अनुसार थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

 

 


प्रतिक्रिया दिनुहोस्