अस्पतालमा सर्वसाधारणसँगै लाइनमा उभिएर अर्थमन्त्री पौडेलले लिए उपचार

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ३७


काठमाडौ‌ । अर्थमन्त्री विष्णु पौडेल स्वास्थ्य जाँचका लागि आइतबार विहान अस्पताल पुगेका थिए ।

अस्पताल पुगेका मन्त्री पौडेल त्यसक्रममा उपचारका लागि अस्पताल पुगेका अन्य बिरामी र उनीहरुका आफन्तसँगै लाइनमा बसेका थिए ।

मन्त्री पौडेल थाइराइड परीक्षणका लागि अल्का अस्पताल पुगेका थिए ।

रिपोर्ट लिएर चिकित्सकसँग भेट्न उनी सार्वसाधारणसँगै पालो कुरिरहेका थिए । पालो पर्खिरहेका उनलाई चिन्नेहरुले तस्वीर खिचे ।

नेपाली नेताहरु स्वास्थ्यमा सामान्य समस्या देखिँदा विदेशी अस्पतालमा जाने गरेको भन्दै आलोचना भइरहँदा उनी अस्पतालमा सर्वसाधरणसँगै लाइनमा भेटिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्