प्रचण्ड माधव नेपालबीचको छलफल सकियो

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : १६


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल सकिएको छ ।

सोमबार(आज) कोटेश्वरस्थित एक व्यापारीको घरमा करिब दुई घण्टा नेताहरुबीच छलफल भएको हो । छलफलमा एमाले नेता भीम रावल लगायत माओवादी केन्द्रका केहही नेताको सहभागिता रहेको स्रोतको दावी छ ।

ती व्यापारीको घरमा प्रचण्ड र नेपालबीच यसअघि पनि छलफल भएको थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा हुँदा प्रचण्ड र नेपाल एकै समूहका थिए र उनीहरु प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीविरुद्ध उत्रिएका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूताइदिएपछि प्रचण्ड र नेपाल नियमित छलफलमा रहेका छन् ।

नेकपा एमालेमा प्रधानमन्त्री ओली पक्षले नेता नेपालमाथि स्पष्टिकरण सोधेको थियो र उनीहरुको जवाफ कारवाही योग्य भएको अध्यक्ष ओलीले बताएका छन् । केपी ओलीलाई सरकारबाट हटाउने विषयमा दुवै नेताको एकमत छ ।


प्रतिक्रिया दिनुहोस्