नेप्सेमा ५ अंकको गिरावट, चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक गुमाए

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : १५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५ अंकले घटेको छ।

नेप्से ०.२१ प्रतिशत अर्थात ५.४५ अंकले घटेर २५४३.५२ को बिन्दुमा पुगेको छ।

‘क’ बर्गका कम्पनीको कारेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०३९ प्रतिशतले घटेको छ। नेप्सेमा आज ४ अर्बमाथिको कारोबार भएको छ।

आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तिय सँस्थाका लगानीकर्ताले सर्वाधिक कमाए। यस्तै, अजोद इन्स्योरेन्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था र समिट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले पनि सर्वाधिक १० प्रतिशतको हाराहारीमा कमाएका छन्।

सबैभन्दा धेरै आज चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन्। कम्पनीको सेयरमुल्य ७.१७ प्रतिशतले घटेर प्रतिशेयर मूल्य १९३० कायम भएको छ।

यसदिन नेपाल इन्फ्राष्टक्चर बैंक (निफ्रा)को सेयर सबैभन्दा धेरै कारोबार भयो। सो कम्पनीको सेयर ४४ करोड ३१ लाख बढीमा कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्