नेप्सेमा ज्योति लाइफको कारोबार कति रुपैंयाबाट सुरु होला?

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ५८


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर बाँडफाँड भइसकेकोे छ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमध्ये कम्पनीले ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो।

निवेदन दिनेहरुमध्ये ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सबै जनालाई अब उत्सुकता छ कम्पनीको सेयर नेप्सेमा कारोबारमा आएपछि सुरुको मूल्य कति कायम होला?

नेप्सेमा ज्योति लाइफले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू १३२.९४ देखि ३९८.८२ सम्म हुने देखिएको छ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो।

कम्पनीको आव २०७६/७७ को प्रतिशेयर नेटवर्थ रू १३२.९४ छ ।


प्रतिक्रिया दिनुहोस्