माधव नेपाल पक्षका ३ जना नेता एमालेबाट निष्कासित

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ५९


काठमाडौं । गुटगत भेला गरेको भन्दै नेकपा एमालेका माधव नेपाल पक्षका ३ जना नेतालाई कारबाही गरिएको छ ।

नेकपा एमाले स्याङ्जा जिल्ला कमिटीका सचिवालय सदस्य रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा दुमनसिंह थापा र सिद्धीप्रसाद भुसाललाई निष्कासित गरिएको हो ।

उनीहरु तीनै जनालाई पार्टी संगठित सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने गरिएको हो ।

लामो सयमदेखि पार्टी विरोध क्रियाकलपामा संलग्न हुने, गुटगत भेलाहरु आयोजना गर्ने, फुटपरस्त कामहरुमा संलग्न हुने लगायतका आरोपसहित तीनै जनालाई पार्टीबाट निष्कासित गरिएको हो ।

नेकपा एमालेका स्याङ्जा जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एक विज्ञप्ती जारी गर्दै तीनै जनालाई पार्टीबाट निष्कासन गरिएको बताएका छन् ।

अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तीमा चैत १६ गते (सोमबार) बसेको पार्टी जिल्ला कार्यालयको बैठकले चौहान, थापा र भुसाललाई पार्टींको संगठित सदस्य समेत नरहने गरी निष्कासन गर्ने निणर्य गरेको हो ।


प्रतिक्रिया दिनुहोस्