प्रचण्ड–नेपालबीच भेटवार्ता

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ४७


काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमबार(आज) अध्यक्ष प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित एक व्यापारीको घरमा भेटवार्ता भइरहेको स्रोतको दावी छ । ती व्यापारीको घरमा प्रचण्ड र नेपालबीच यसअघि पनि छलफल भभएको थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) हुँदा प्रचण्ड र नेपाल एकै समूहका थिए र उनीहरु प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीविरुद्ध उत्रिएका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूताइदिएपछि प्रचण्ड र नेपाल नियमित छलफलमा रहेका छन् ।

नेकपा एमालेमा प्रधानमन्त्री ओली पक्षले नेता नेपालमाथि स्पष्टिकरण सोधेको थियो र उनीहरुको जवाफ कारवाही योग्य भएको अध्यक्ष ओलीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्