किसानको खेतमा गहुँ काट्दै विप्लव (भिडियो)

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ११


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ यतिबेला गृहजिल्ला कपिलवस्तुमा छन्।

हालै सरकारसँगको ३ बुँदे सहमतिपछि विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए। राजधानीमा महत्वपूर्ण भेटघाटको कार्यक्रम सेकर उनी आफ्नो आधार क्षेत्रमै फर्केका छन्।

यसैक्रमम उनले आज कपिलवस्तुको शिवगढी स्थित स्थानीयको खेतमा पुगेर गहुँ काटेको जनाइएको छ।

विप्लव आफ्नो सचिवालयका टिम सहित बिहानै खेतमा पुगेका थिए।

बिहानीको झुल्के घामसगै विप्लवले गहुँ काटेका थिए। विप्लले पछिल्लो समय पार्टीमा उत्पादन क्षेत्रसँग विभागनै खोलेर युवाहरुलाई खेतिपाती र सिर्जनसिल काममा केन्द्रित गर्ने योजना समेत बनाएका छन्।

राजधानी उपत्यका सहित देशका विभिन्न स्थानमा जग्गा भाडामा लिएर कृषी र पशुजन्य कार्यमा हात हाल्ने तयारी विप्लवको छ।


प्रतिक्रिया दिनुहोस्