नेपाल–बंगलादेश फाइनल आज : टिकटको मूल्य बढाइयो

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : १०


काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय फुटबलअन्तर्गत सोमबार(आज) को फाइनल खेलका लागि यसअघि तय गरेको टिकटको मूल्य बढाएको छ ।

उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

यसअघिका खेलमा भीआईपीतर्फ १५ सय र साधारणतर्फ ७०० रुपैयाँ रहेको प्रतिटिकटको मूल्य फाइनलमा भने बढाइएको हो ।

फाइनल खेलका लागि भीआईपीतर्फ प्रतिटिकटको मूल्य दुई हजार र साधारणतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलमा टिकटको मूल्य साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ कायम गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्