४ वटा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १२ : ५७


काठमाडौं । चार ओटा अलग- अलग कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सहारा विकास बैंकको हकप्रद शेयर तथा आरएसडीसी लघुवित्त वित्तीय संस्था, एनएमबी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सहारा विकास बैंकको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता हकप्रद शेयर सूचीकृत शेयर नेप्सेमा सूचीकृत भएको छ ।

यस्तै, आरएसडीसी लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता बोनस शेयर, एनएमबी लघुवित्तको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस शेयर , पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता बोनस शेयर र भएको हो ।

ती चार ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्