सिके राउतविरुद्ध राज्यविरुद्धको अपराध मुद्दामा म्याद जारी, ३५ दिनभित्र हाजिर हुनपर्ने

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १२ : ०३


काठमाडौं । पृथकतावादी गतिविधि त्यागेर ‘मूलधारको’को राजनीतिमा आएका डा चन्द्रकान्त राउत (सीके राउत)लाई ३५ दिन भित्र अदालतमा हाजिर हुन सूचना जारी भएको छ ।

नवलपरासी जिल्ला अदालतले राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनेर सूचना जारी गरेको हो ।

राज्यविरुद्धको संगठित अपरारध मुद्दामा जिल्ला अदालतले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी थमाउनका लागि घर-द्वार फेला पत्ता नलागेको भनेर अदालतले राउतविरुद्ध ३५ दिने सूचना जारी गरेको हो ।

रौतहटको महादेव गाउँपालिका वडानम्बर २ घर भइ हाल धनुषाको जनकपुर उपमहानगरपालिका-८ डेरा गरी बस्दै आएका राउत अहिले जनमत पार्टीका अध्यक्ष हुन् ।

पृथकतावादी गतिविधिमा संलग्न रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसन्धान प्रतिवेदनअनुसार राउतविरुद्ध राज्यविरुद्धको संगठित अपरोधको मुद्दा दर्ता भएको थियो ।

राउत भने २४ फागुन २०७५ मा सरकारसँग ११ बुँदे सहमति गर्दै ‘मूलधारको’ राजनीतिमा आएका थिए ।


प्रतिक्रिया दिनुहोस्