कतार विश्वकप छनौट खेलमा डेनमार्कको शानदार जित

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ३४


काठमाडौं । कतार विश्वकप २०२२ को छनौट अन्तर्गत डेनमार्कले शानदार जित दर्ता गरेको छ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको समूह एफ अन्तर्गतको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल गरेको हो ।


प्रतिक्रिया दिनुहोस्