म्यानमारमा दिउँसो एक सय बढीको नरसंहार गरेर बेलुका सेनाको भव्य पार्टी

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ३९


काठमाडौं । म्यान्मारमा कूविरोधी सयभन्दा बढी प्रदर्शनकारीको हत्याले विश्वभरिबाट आक्रोश निम्त्याएको छ ।

१२ देशका रक्षामन्त्रीहरूले सेनाको निन्दा गरेका छन्। सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको हो । संयुक्त राज्य अमेरिकाले शनिवार सुरक्षा सुरक्षा फौजहरूले “आतङ्कको शासन” गरेको आरोप लगाएको छ।

शनिवार, म्यान्मारमा भएको सैन्य कूयताकै, सबैभन्दा हिंसात्मक दिन बनेको छ। कू नाइके मिन आङ लाइङ्ग र उनका जनरलहरू सशस्त्र बल दिवसको अवसरमा राति एउटा विलासी भोजमा सरिक भएका थिए।

आइतवार अन्तिम संस्कारहरू भइरहँदा श्रद्धाञ्जलि कार्यक्रममा सेनाले हस्तक्षेप गरेका विवरण आएका छन्। गत फेब्रुअरी १ तारिखयता भएका विरोध प्रदर्शनका क्रममा चार सयभन्दा बढी व्यक्ति मारिएका छन् ।

आमनिर्वाचनमा नेत्री आङ्ग सान सूचीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस्