लागू औषतसहित एक युवा पाल्पाको दोभानमा पक्राउ

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ४८


पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागू औषध ओसारप्रसार गर्दै गरेका युवक पक्राउ गरेको छ ।

प्रहरीले आइतबार सिदार्थ राजमार्ग अन्तरगत दोभान प्रहरी चौकीमा गरिएको चेकजाँचका क्रममा ठूलो मात्रामा लागू औषध सहित स्याङ्जाको वालिङ् नगरपालिका –९, स्थित राउतडाँडाका २५ वर्षीय सुमन गाहालाई पक्राउ गरेको हो ।

शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा गाहाको साथबाट ७० वटा फेनेरागन, नुफिन ३३ वटा, २ थान सिरिन्ज फेला जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

गाहालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्