विश्वकप छनौट खेलमा स्पेनको पहिलो जित

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : १२


काठमाडौं । कतार विश्वकप २०२२ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा स्पेन विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा स्पेनले जर्जियालाई २–१ ले पराजित गरेको हो ।

युरोपेली क्षेत्रको छनौटमा समूह बी को स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गरेको हो ।

स्पेनका लागि ५६ औँ मिनेटमा फेरान टोरेस तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गरेका हुन् ।

घरेलु टोली जर्जियाले ४३ औँ मिनेटमा खविचा कवारात्सखेलियाले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्