भारतीय सेनाद्वारा नेपाली सेनालाई १ लाख कोरोना खोपको डोज सहयोग

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ३२


भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ। भारतिय सेनाले एक लाख डोज भाइरसविरुद्धको खोप नेपाली सेनालाई आईतबार उपलब्ध गराएको हो।

भारतीय सेनाले दिएको खोप एयर इण्डियाको विमानमार्फत आईतबार सांझ काठमाण्डु आईपुगेको छ।

चीनले प्रदान गर्न लागेको ८ लाख डोज खोप सोमबार काठमाण्डु आउनुअघि नै भारतीय सेनाले नेपाली सेनालाई खोप सहयोग गरेको हो । चीनबाट पनि ८ लाख डोज खोप सोमबार नेपाल आउंदैछ।


प्रतिक्रिया दिनुहोस्