मृतकको अन्त्येष्टीमा पनि म्यानमारको सेनाले गोली चलायो

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ६ : ०२


म्यानमारमा अन्तिम संस्कार चलिरहेका बेला समेत सेनाले गोली चलाएको छ।

आइतबार मृतकको अन्त्येष्टी चलिरहेका बेला सहभागीहरुमाथि सेनाले गोली चलाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बागो शहरमा उक्त अन्त्येष्टीको आयोजना गरिएको थियो। हालसम्म सो घटनामा हताहती के कस्तो भयो भन्ने विषयमा विवरण सार्वजनिक भएको छैन।

यसअघि हिजामात्रै सेनाको गोलीबाट ११४ प्रदर्शनकारी मारिएका थिए।


प्रतिक्रिया दिनुहोस्