उडिरहेको विमानमा युवकले इमरजेन्सी ढोका खोल्न थालेपछि..

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : १९


नयाँदिल्ली । भारतमा आकाशमा उडिरहेको एक विमानमा युवकले इमरजेन्सी ढोका खोल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको छ।

दिल्लीबाट बनारस गइरहेको विमानमा ८९ यात्रु सवार थिए। शनिबार गौरव खन्ना नामक युवाले विमानको आकस्मिक ढोका खोल्ने प्रयास गरेपछि यात्रुहरु त्रसित बनेका थिए। स्पाइसजेटको एसजी २००३ विमानको आकस्मिक ढोखा खोल्न खोजिएको थियो।

४० मिनेटसम्म विमानभित्रै नियन्त्रणमा राखिएका ती युवकलाई पछि प्रहरीको जिम्मा लगाइएको छ। ढोका खोलेको भए ठूलो दुर्घटना हुनसक्थ्यो।


प्रतिक्रिया दिनुहोस्