बाबुरामसहित जसपा नेताहरुले मनाए होली

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : २२


काठमाडौं । आज होली पर्व देशका विभिन्न स्थानमा धुमुधामसँग मनाईदैछ।

कोरोना भाइरस संक्रमणको जोखि अझै कम नभएकाले यसपाली पनि रौनकता कम छ।

सर्वसाधारण देखि कलाकार, राजनितिज्ञहरुले आफन्तजन, साथीभाईसँग होली पर्व मनाइरहेका छन्।

जनता समाजवादी दल (जसपा)का नेताहरुले एक आपसमा अविर लगाएर र खानपिन गरेर यो वर्षको होली मनाएका छन्।

उक्त कार्यक्रममा जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, शीर्ष नेताहरु अशोक राई, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, हिसिला यमी र पार्टीका सांसदहरुको उपस्थिति थियो।

वसन्तको उल्लास र रंगहरूको पर्व होली/फागु पूर्णिमाको सन्दर्भमा सबैमा हार्दिक शुभकामना! रमाइलो मिलन समारोहका आयोजक जसपा केका सदस्य मा. निर्जला राउतलाई धन्यवाद!

Posted by Dr. Baburam Bhattarai on Sunday, March 28, 2021


प्रतिक्रिया दिनुहोस्