सूर्य थापालाईं इंगित गर्दै योगेश भट्टराईले भने-‘बेकारकासँग समयको बर्बाद गर्दिन’

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : ०२


काठमाडौं । नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधव नेपाल पक्ष अझै के गर्ने भन्ने निकर्षमा पुगिसकेको छैन।

नेता नेपालमाथि दोस्रो पूस्ताका नेताहरुले पार्टी विभाजन गर्न नहुने दबाब दिइरहेका छन्।

शुक्रबारको संसदीय दलको बैठकमा पुगेर नेपाल पक्षीय नेता योगेश भट्टराईले पार्टी एकतालाई कायम राख्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पहलकदमी लिन आग्रह गरेका थिए।

तर, सो कुराप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछि सामाजिक सञ्जाल मार्फत नेता भ्टटराईमाथि नै कटाक्ष गरे।

नेकपा एमाले विभाजन गर्न नेपालहरु कस्सिएको भन्दै उनीहरुलाई ६ महिना पार्टीबाट निष्काशन गर्नुपर्ने धारणा थापाले राखे।

सूर्य थापाको सो ट्विटपछि नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी थापालाई संकेत गर्दै बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुने बताएका छन्।

नेता भट्टराईले एक स्टाटस लेख्दै बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हुने उल्लेख गरेका छन्।

भट्टराईले लेखेका छन्, ‘बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो।’


प्रतिक्रिया दिनुहोस्