२१ वर्ष अगाडी शाहरुख खानले होली मनाएको भिडियो भाइरल (भिडियो)

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ४९


काठमाडौं । यो वर्ष कोरोना भाइरस संक्रमणको कारण होलीको चहलपहल कम देखिएको छ । भारतमा झन कोरोना भाइरसको संक्रमण दर दैनिक बढिरहेको छ ।

त्यही कारण भारतका विभिन्न राज्यमा सरकारले होली मनाउन रोक समेत लगाएका छन् । यधपि,सामाजिक सञ्जालमा भने अभनेता शाहरुख खानको एक पुरानो होलीको भिडियो भाइरल भएको छ ।

जसमा शाहरुखले धेरै रमाइलो गरेका छन् । भिडियोमा शाहखरु खान, चंकी पाण्डे, सतिश कौशल लगायतका कलाकार एक अर्कालाई रंग लगाइरहेका छन् ।

शाहरुख खान आफ्नो श्रीमती गौरी खानसँग होलीमा मस्ती गरिरहेका छन् । भिडियोमा देखिएका अधिकांश कलाकारले निकै रमाइलो गरेका छन् । सार्वजनिक भिडियो २१ वर्ष अगाडीको हो ।


प्रतिक्रिया दिनुहोस्