ब्राजिलमा कोरोनाबाट एकैदिन ३ हजार ३ सय ६८ जनाको मृत्यु

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ३४


काठमाडौं । ब्राजिलमा एकैदिन ८३ हजार ३९ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी ब्राजिलमा कोरोना संक्रमितको संख्या एक करोड २४ लाख ९० हजार ३ सय ६२ पुगेको छ ।

त्यस्तै ब्राजिलमा कोरोनाबाट एकैदन ३ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । यसरी ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख १० हजार ६ सय ९४ पुगेको छ । त्यस्तै ब्राजिलमा एक करोड ८९ लाख ९ हजार ६ सय २७ जना संक्रमित उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्