म्यान्मारमा एकै दिन बालबच्चासहित ९० बढी मारिए

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ०८


काठमाडौं । म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता शनिबार अहिलेसम्मकै नराम्रो दिन बनेको छ । शनिबार साँझसम्म त्यहाँ सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका ९० जनाभन्दा बढी जना मारिएका छन् ।

सुरक्षाकर्मीको गोलीबाट बच्चा समेत ९० जनाभन्दा बढी मारिएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत तथा युरोपियन युनियनका अधिकारीले शनिबार भएको हिंसाको भर्त्सना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्