फेरि संसद विघटन गर्ने मुडमा प्रधानमन्त्री ओली!

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : ५६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले फेरि प्रतिनिधिसभा विघटन गर्ने संकेत गरेका छन्।

सर्वोच्च अदालतको आदेशपछि सूचारु भएपनि संसदले कुनै बिजनेस दिन सकेको छैन।

माओवादी केन्द्रबाट सभामुख रहेका अग्नीसापकोटाको भूमिकामाथि प्रधानमन्त्री ओलीले प्रश्न उठाउँदै आएका छन्।

उसो त प्रधानमन्त्री अ‍ोलीले शुक्रबारको संसदीय दलको बैठकमा अबको केहि दिनमै संसदको चालू अधिवेशन अन्त्य हुने बताएका थिए।

हाल नयाँ सरकार गठनका लागि कुनै सम्भावना नदेखिदा ओलीले फेरि संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने तयारी गरेका हुन।

एक सञ्चारमाध्मय सँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानमा फेरि विघटन हुनसक्ने स्पष्ट व्यवस्था छ। सेटिङमा भएका सभामुखबाट संसदले निष्पक्ष र प्रभावकारी काम गरोस् भन्ने मेरो कामना छ। तर परिस्थितिले फेरि विघटन गर्नुपर्यो भने म के गरूँ त?’ उनले भने।

अदालतले संसद पुनःस्थापना गरिदिएपनि प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकारेका थिए। आफू विरुद्ध राजीनामा आएपनि संसद फेस गर्ने ओलीले बताएका थिए।

अदालतको निर्णयले वर्तमान राजनीतिक समस्याको हल दिन नसक्ने र ताजा जनमतमा जानुपर्ने ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई रिहा गर्नेबारे सरकारले कुनै निर्णय नगरेको समेत स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस्