प्रधानमन्त्रीले माग पूरा गर्छु भन्नुभएको छ, हामी तटस्थ बस्छौं : महन्त ठाकुर

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ३२


काठमाडौं । जसपा नेता महन्त ठाकुरले आफूहरुले सरकारको पक्षमा समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने बताएका छन्।

शनिबार प्रज्ञाप्रतिष्ठान डबलीमा नागरिकको प्रश्नको जवाफ दिने क्रममा उनले अहिलेको समस्या कम्युनिष्ट पार्टी भित्रको भएको भन्दै ओली सरकार विरुद्ध आउने अविश्वाको प्रस्तावमा तटस्थ बस्ने बताएका हुन।

उनले विश्वासको मत दिने बेलामै पार्टीले निर्णय गर्ने बताए।

‘विश्वासको मत प्रधानमन्त्रीले लिनुपर्ने अवस्था आएमा हामीले निर्णय त्यतिखेर नै गर्छौं। अहिले कम्युनिस्ट पार्टीभित्र नै समस्या छ नि हामीले कहाँ रोकेको छौं?’ उनले भने।

उनले आफ्नो पार्टीका मागका विषयमा लिखित सम्झौता गर्नु पर्ने धारणा राखे। साथै उनले प्रधानमन्त्री केपी ओलीले आफ्ना माग सम्बोधन गर्ने बताएको पनि बताए।

‘हामीलाई लिखित सम्झौता चाहिएको छ। प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ। अहिलेसम्म राजनीति आन्दोलनबाटै सबै कुरो भएको हो। हाम्रो विषयमा त कसैले पनि सम्बोधन गर्न चाहेको छैन’, उनले भने।


प्रतिक्रिया दिनुहोस्