एक-दुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ : प्रचण्ड

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ०२


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केहि दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले नैतिक र राजनीतिक रुपमा पनि अब आफूले समर्थन फिर्ता लिनै पर्ने भएको बताएका हुन।

हालसम्म प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलहरुबीच सहमति हुन नसकेको भन्दै अध्यक्ष दाहालले अब जे परे पनि समर्थन फिर्ता लिने बताएका हुन।

संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए।

बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस्।’


प्रतिक्रिया दिनुहोस्