विश्वको सबैभन्दा प्रदुषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेपालको राजधानी काठमाडौं आज विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा देखिएको छ।

श्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्युएयर डट कमका अनुसार शनिबार बिहानैदेखि काठमाडौं विश्वकै पहिलो वायु प्रदूषित शहरमा सूचीकृत रहेको छ।

काठमाडौंको उपत्यकाको वायुको गुणस्तर अहिले पनि करिब ३ सय एक्युआई (एयर क्वालिटी इन्डेक्सं) पुगेको छ।

शुक्रबारदेखि नै काठमाडौंं उपत्यकाको आकाश तुवाँलोले ढाकेको छ।

यो तहको वातावरण फोक्सोको रोग भएका बिरामी, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई बढी जोखिमयुक्त हुन्छ।

सावधानी अपनाउन र आवश्यकबाहेक घरबाहिर नजान स्वास्थ्यविद्हरुले सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्