पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख कोरोना संक्रमित थपिए, ११ हजार बढीको मृत्यु

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : २२


काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट पछिल्लो २४ घण्टामा विश्वभरका ६ लाख १७ हजार बढी संक्रमित भएका छन् ।

वोर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर थप ११ हजार ३ सय ४५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

विश्वभर हालसम्म १२ करोड ६६ लाख ८५ हजार बढी मासिन कोरोना भाइरसबाट संक्रमित बनेका छन् । यस्तै, २७ लाख ७८ हजार ८ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा थप ७६ हजार ८ सय बढी मानिसमा संक्रमण भेटिएको छ । यस्तै, थप १ हजार २ सय ८८ जनाको मृत्यु भएको वोर्ल्डो मिटरले आफ्नो तथ्याङ्कमा उल्लेख गरेको छ ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या ३ करोड ८ लाख ५२ हजार बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार नाघेको छ ।

कोरोनाबाट अति प्रभावित मुलुकमध्ये ब्राजिलमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा थप ८२ हजार ५ सय बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, थप ३ हजार ६ सय जनाको मृत्यु भएको वोर्ल्डो मिटरले आफ्नो तथ्याङ्कमा उल्लेख गरेको छ ।

ब्राजिलमा हालसम्म १ करोड २४ लाख ७ हजार बढी मानिसमा संक्रमण देखिएको छ भने ३ लाख ७ हजार बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दक्षिण एसियाली मुलुक भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २ सय बढी संक्रमित थपिएका छन् । भारतमा हालसम्म १ करोड १९ लाख ८ हजार ३ सय बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा थप २ सय ९२ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघेको छ ।

भारतपछि रुसमा कोरोना संक्रमितको संख्या ४५ लाख १ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ९७ हजार नाघेको छ ।


प्रतिक्रिया दिनुहोस्