काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । काँग्रेस नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ। नेता जोशीको शुक्रबार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो।

आज राती ८:३० बजे उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो।

कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन्।

पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता थिए।

सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस्