फिफा विश्वकप फुटबल छनौट खेल: इंग्ल्यान्डको सहज जित

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले सहज जितेको छ । गए राती भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे । जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले एक एक गोल गरे ।


प्रतिक्रिया दिनुहोस्