रात्रिकालिन व्यवसाय ९ बजेपछि बन्द गर्न सुझाव

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रीकालीन कार्यक्रममा राती नौ बजेपछि बन्द गर्न सुझाव दिएको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिसमक्ष मन्त्रिपरिषद्‍को कार्यालयले यस्तो सुझाव पठाएको हो।


पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको र डबल म्युटेन्टसमेत सुरु भएको भन्दै सावधानी अपनाउन सरकारले आग्रह गर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस्