सरोज खनालको फेसबुक अकाउन्टबाट गायक श्रेष्ठलाई ह्याकरको यस्तो मेसेज

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र कलाकार सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको छ।

निरौलाको फेसबुक अकाउन्ट ह्याक गरी फेसबुकका साथीहरुबाट एक लाख रुपैयाँ मागिएको छ भने कलाकार खनालको एकाउन्टबाट विभिन्न व्यक्तिलाई पैसा माग गरिएको पाइएको छ।

गायक सन्जय श्रेष्ठले आफूलाई पनि खनालको एकाउन्टबाट म्यासेज आएको भन्दै स्क्रिनसट सार्वजनिक गरेका छन्।

यस्तो छ सरोज खनालको फेसबुक अकाउन्टबाट गायक श्रेष्ठलाई आएको म्यासेज।

यस्तै, समाजसेवाी इशा गुरुङले पनि आफूकहाँ मेसेज आएको बताएकी छन्।

सुचना / कलाकार सरोज खनाल जी र Deepa Shree Niraula बहिनिको फ़ेसबुक ह्रयाक गरेर म संग पैसा मागेको छ मेसेन्जरमा , हो़शियार हजुरहरू , ए ठगहरू काम गरेर खानुस न है , यस्तो गर्नु अपराध हो ?

Posted by Isha Gurung on Thursday, March 25, 2021


प्रतिक्रिया दिनुहोस्