रेशम चौधरी लगायतको रिहाइका लागि वार्ता टोली गठन गर्दै सरकार

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सरकारले डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाईको प्रक्रियाका लागि वार्ता टोली गठन गर्ने भएको छ ।

विहीबार(आज) बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले वार्ता टोली गठन गर्ने गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा, थरुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले माइतीघरमा गरिरहेको धर्ना कार्यक्रममा पुगेका गृहमन्त्री थापाले सरकारले वार्ता टोली गठन गर्न लागेको जानकारी दिएका हुन् ।

मन्त्री थापाले थारुअभियान्ताहरुले उठाएका मागप्रति सरकारको सकारात्मक धारणा राखे । समस्यालाई सरकारले वार्ता र संवादबाट गर्न चाहेको मन्त्री थापाको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्