म्यानमारमा सेनाको गोलीबाट मारिइन् बालिका

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


म्यानमारमा एक ७ बर्षीया बालिकामाथि गोली प्रहार गरि हत्या गरिएको छ।

सैन्य शासन लागू भएको म्यानमारमा पछिल्ला दिनमा सैनिक सरकार विरोधी प्रदर्शन जारी रहेका छन्।

प्रदर्शन जारी रहेपछि सेनाले दमन बढाउँदै लगेको छ भने प्रदर्शनकारीमाथि गोली चलाउने गरेको छ।

अन्तराष्ट्यि सञ्चारमाध्यमका अनुसार गत महिनाको सैन्य कूपछि भएको दमनमा पछिल्लो पटक सबैभन्दा कान्छी ७ बर्षीया बालिका मारिएकी हुन।

मृतक बालिका चिन मायो चितको परिवारका अनुसार मोन्डाले शहरमा उनीहरुको घरमा आक्रमण हुँदा उनी आफ्ना पिता भएतिर दौडिरहेका बेला सेनाले उनलाई गोली हानेर मारिदिएका थिए ।

मंगलबार सेना तथा प्रहरीले मानिसहरुको घर–घरमा पुगेर उनीहरुसँग रहेको बन्दुकहरु खोज्न थालेका थिए। उनीहरुले बन्दुक भेटिने घरका व्यक्तिलाई गिरफ्तार गरेका थिए।

प्रहरीले मन्डाले शहरमा छापा मार्ने क्रममा ७ वर्षकी बालिका डरले आफ्नो बुबाको काखमा गएकी थिइन्।

सोही बेला प्रहरीले गोली चलाउँदा ती बालिकाको मृत्यु भएको हो। बुबाको काखमै बालिकाको मृत्यु भएको थियो।

 


प्रतिक्रिया दिनुहोस्