दीपाश्री निरौलाको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक अकाउण्ट ह्याकरहरुको निशानामा पर्दै गएको छ।

ह्याकिङ गरेर फेसबुकको दुरुपयोग गर्ने गरेका घटना बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति नै जारी गरेर सचेत रहन आग्रह गरेको छ।

ह्याकिङको सिकार सर्वसाधारण देखि सेलिब्रेटी समेत  भएका छन्। चर्चित कलाकार दीपा श्री निरौलाको पनि फेसबुक ह्याक भएको र ह्याकरले म्यासेज गरेर पैसा माग्न लागेको कलाकार दीपकराज गिरीले बताएका छन्।

निरौलाको फेसबुक एकाउन्टबाट उनीसँगै ‘छक्का पञ्जा’ चलचित्रका सह–निर्माता सुमन गिरीसँग पैसा मागिएको छ।

दीपाश्रीलाई आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा उपचाररत रहेको र त्यसको लागि पैसा चाहिएको भन्दै नेपालीमा नै म्यासेज पठाईएको अभिनेता गिरीले जानकारी दिए।

दीपाश्री भने उजुरीका लागि महानगरीय अपराध महाशाखा पुगेकी छिन्। यस्तै, अभिनेता सरोज खनालको फेसबुक पनि ह्याक भएको छ । उनको एकाउन्टबाट बेलायतमा रहेकी नेपाली समाजसेवी इशा गुरुङसँग पैसा मागिएको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल ठकुरीले केहि दिन अघि आफ्नो नाममा फेक अकाउण्ट खोलेर पैसा माग्ने गरेको भन्दै सावधानी अपनाउन आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस्