दुर्गाप्रसादले लिए नारिकताको प्रमाणपत्र

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । भारतका विभिन्न जेलमा ४० वर्ष बन्दी जीवन विताएर फर्किएका इलामको माई नगरपालिका-१० लुम्बाका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

दुर्गाप्रसादले जिल्ला प्रशासन कार्यालय इलामबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

भाइ धिरेन्द्र र भतिजा गोपालसँगै जिल्ला प्रशासन कार्यालय पुगेका दुर्गाप्रसादलाई प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३-०१-७७-०३२५१ नम्बरको नागरिकता प्रमाणपत्र प्रदान गरे ।

नागरिकता लिन आएका दुर्गाप्रसादलाई जिल्ला प्रशासन कार्यालयमा खादा तथा टीका लगाएर स्वागत गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले दुर्गाप्रसादलाई खादा ओढाएर सम्मान गरेका थिए ।

दुर्गाप्रसादको २०१७ साल साउन २० गते इलामको एकतप्पा गाविसको दोकानडाँडामा जम्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्