अरुले थाहा नपाउने गरि फेसबुकको पासवर्ड राख्न साइबर ब्युरोको आग्रह

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालका एकाउण्टको पासवर्ड अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने किसिमको राख्न सबैमा अनुरोध गरेको छ।

पछिल्लो समय एकाउण्ट ह्याक गरेर पैसा माग्ने, दुरुपयोग गर्ने किसिमका गतिविधि बढेको भन्दै ब्युरोले सर्तक रहन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्