१३० किलो तौल भएकी सानुमाया टिकटकमा हिट !

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


पछिल्लो समय भिडियो सेयरिङ एप टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय रहेको छ । कतिपयले टिकटकमा राखेका छोटा भिडियोका कारण अवसर पाएका छन् भने कोही सेलीब्रेटी नै बनेका छन् ।

आफ्नो अभिनय कला भएकाहरुले टिकटकका माध्यमबाट मोडिलिङ, गायन लगायतका फड्को मार्न पाएका छन् ।

टिकटकका कारण कतिपय गुमना स्थानहरु चर्चामा आएका छन् । टिकटकका कारण कतिपयलाई राम्रो भएपनि कतिपयभने पीडित बनेका छन् ।
टिकटकमा भिडियो खिच्न जोखिम मोल्दा कतिपयको ज्यानै गएको छ भने मानिसहरुले धेरैसमय टिकटकमा विताउन थालेको भन्दै यसलाई बन्द गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

अमेरिका भारत लगायत कतिपय देशमा टिकटक चलाउन पाइदैन । अर्थात विश्वका कयौं देशमा टिकटकमाथि प्रतिवन्ध लगाइएको छ ।

तर नेपालमा पछिल्लो केही समय यता भने टिकटक प्रयोगकर्ताहरु बढिरहेका छन् ।

अभिनय गर्न पाइने, भिडियोमा व्यक्तिहरुको कला हेर्न पाइने भएपछि टिकटक हिट भएको हो ।

टिकटकमा विभिन्न खालका मानिस र प्रयोगकर्ताहरुको उपस्थिति देख्न सकिन्छ ।

कम उमेर बालबालिका, कार्यालय, कार्यक्षेत्र, अस्पताल विमानमा टिकटक खिच्नेहरुपनि उत्तिकै छन् ।

यसैबीच कैलालीकी एक महिला टिकटकमा हिट बनेकी छिन् । १३० किलो तौल भएकी टिकटक युजर भावना आचार्य (सानुमाया) यतिबेला हिट भएकी हुन् ।

पालतो र छरिको जीउ डाल भएकाले मात्र नाच्न, अभिनय गर्न सक्छन् भन्ने मान्यता विपरित उनको ठूलो ज्यानले पनि टिकटकमा साथ दिएको छ । टिकटक चलाउन थालेको छोटो अवधिमा उनका २ लाख ७७ हजार भन्दा धेरै फलोअर छन् ।

नाचेर शरीरको तौल घटाउने र टिकटक पनि बनाउने गरेकी उनको तौल नाच्न र टिकटक बनाउन थालेपछि भने घटेको छैन । टिकटक बनाउन सुरु गर्ने समयमा ११० किलो तौल रहेको उनको अहिले १३० किलो भएको छ ।

मोटा व्यक्तिहरुलाई नाच्न र भिडियो बनाउन असहज हुने गरेको भएपनि अहिले आफूले टिकटकमा नाच्ने र अभिनय गर्ने गरेपछि ठूलो ज्यान भएकालाई केही सहज भएको उनी बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस्