४ सय ५० सिलिण्डर बोकेको गाडी पल्टिँदा अढाइ घण्टासम्म विस्फोट

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


एजेन्सी । भारतको राजस्थानमा ४ सय ५० वटा ग्यास सिलिण्डर बोकेको ट्रक विस्फोटमा परेको छ। सबै ग्यास विस्फोट भएपनि चालक भने सकुशल बाच्न सफल भएका छन्।

चट्याङका कारण सो घटना भएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार जयपुर कोटा राजमार्गको हनुमान नगरमा मंगलबार राती सो दुर्घटना भएको हो।

टेकाड गाउँमा चट्याङका कारण राजमार्गमा ट्रक पल्टिएको थियो।

ट्रकमा खाना पकाउने एलपिजी ग्यासका ४५० सिलिन्डर थिए। ट्रक बीचबाटोमा पल्टिएपछि आगो लाग्यो र सिलिन्डर पड्किन थाले। अढाई घण्टासम्म सिलिन्डर पड्किएका थिए। दुर्घटनाको १५ घण्टा पछि पनि राजमार्ग बन्द छ।

यो दुर्घटना पछि आगो यति भीषण थियो कि ५/७ किलोमिटर टाढाबाट पनि ठूलो मूस्लो देखिन्थ्यो। हनुमान नगर प्रहरी चौकी र फायर ब्रिगेड आइपुगे पनि ट्रकको नजिक जान कसैले आँट गरेनन। सो दुर्घटनामा परेका ड्राइभर भने भागेर ज्यान जोगाउन सफल भएका छन्। यद्यपी उनको शरिरमा चोट लागेको छ।


प्रतिक्रिया दिनुहोस्