एमालेको नयाँ पार्टी मुख्यालय निरीक्षणमा पुगे ओली

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली थापाथली पुगेका छन् ।

धुम्बाराहीबाट पार्टी कार्यालय सारेर थापाथली लगिने भएपछि ओली नयाँ कार्यालय निरीक्षणका लागि पुगेका हुन् ।

बुधबार मध्यान्ह प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग पुगेका थिए ।

प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित छन् ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ ।

सञ्जय अग्रवालको यो घर आजै सम्झौता गरेर एमालेले पार्टी कार्यालयका लागि भाडामा लिने तयारी गरेको छ ।

सम्झौता आज हुने कार्यक्रम छ ।

साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो ।

 


प्रतिक्रिया दिनुहोस्