यी हुन २०७८ सालका सार्वजनिक बिदा (सूची)

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सरकारले आउँदो वर्ष २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ ।

कटौती भएका केही पर्वमा समेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ ।

प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो ।

यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ ।

किराँत, राईहरुको उभौली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ ।

यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसारलगायत विभिन्न ल्होसार पर्वमा पनि बिदा हुने भएको छ ।

यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ बिदा पाँच दिन, तिहार बिदा चार दिन, दिवस बिदा ६ दिन र जन्म जयन्ती बिदा तीन दिन हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्