म्यानमारमा वेपत्ता बनाइएका बीबीसीका पत्रकार उपहरणमुक्त

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । अपहरणमा परेका म्यानमारका लागि बीबीसीका पत्रकार आउङ थुरा अपहरणमुक्त भएका छन् । समाचार संकलन कार्य गरिरहेका थुरालाई सादा पोसाकमा आएका व्यक्तिहरुले अपहरण गरेर लगेका थिए ।

रिहा भएका उनका बारेमा र घटनाका बारेमा अहिलेसम्म कुनै विवरण सार्वजनिक भएको छैन । बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका थिए ।

उनलाई भने अझै पनि अपहरण मुक्त नगरिएको समाचारमा जनाइएको छ । म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएका बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्