नेपाली सेनाको अधिकृत क्याडेट पदको अन्तिम नजिता प्रकाशित

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेपाली सेनाको अधिकृत पदका लागि लिइएका परीक्षाको अन्तिम नजिता प्रकाशित भएको छ ।

भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले विभिन्न चरणका परीक्षाबाट सेनाको अधिकृत क्याडेट पदमा छानिएकाको नतिजा सार्वजनिक गरेको हो । प्रकाशित सूचनाअनुसार अधिकृत क्याडेट पदमा १०२ जना उत्तीर्ण भएका छन् । जसमा संगीता धामी एक नम्बरमा छिन् ।

छानिएका उम्मेदवारलाई यही चैत १६ गते बिहान ११ बजे जंगी अड्डाको पश्चिमपपट्टि सैनिक केन्द्रीय पुस्तकालय अगाडि खेल मैदानमा पद सुहाउँदो पोसाकमा उपस्थिति हुन नेपाली सेनाले सूचित गरेको छ ।

त्यस क्रममा आफ्ना सबै प्रमाणपत्रका प्रतिलिपि, तस्बिर ३ थान बुझाउन भनिएको छ ।

सूची


प्रतिक्रिया दिनुहोस्