भाुवक बने धुर्मुस, रंगशाला निर्माणका लागि आर्थिक सहयोग माग्दै

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । धुर्मुस सुन्तलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि थप आर्थिक सहयोग जुटाउने भएको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान संचालन गर्न लागेको हो।

हालै फाउन्डेसनले देशविदेशबाट रकम संकलन गरी चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला ११ करोड ऋणमा रहेको खबर पत्रकार सम्मेलनका क्रममा जनाएको थियो।

यस क्रममा चैत्र १० गते पश्चिमको कन्चनपुरबाट यस आर्थिक सहयोग संकलन अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस छ।

यस अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरेका थिए।

सिताराम कट्टेल सो क्रममा भावुक बनेका थिए।


प्रतिक्रिया दिनुहोस्