भारत विश्वमा चौथो ठूलो सैन्य शक्ति भएको देश  

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । विश्वभरका देशहरुको सैन्य शक्तिबारे र्‍याङ्किङ गर्ने मिलिटरी डाइरेक्टले गरेको एक अध्ययन प्रतिवेदनले भारत विश्वमा चौथो ठूलो शैन्य शक्ती भएको देश रहेको देखाएको छ।

‘मिलिट्री डायरेक्ट’ वेबसाइटका अनुसार, सैन्य शक्तिको हिसाबले पहिलो स्थानमा सबैभन्दा अगाडि चीन छ। त्यसपछि दोस्रोमा अमेरिका र तेस्रोमा रूस रहेको छ। यस्तै पाँचौं नम्बरमा फ्रान्सको सेना रहेको छ।

विश्वका शक्तीशाली सेनाको रक्षा बजेट अध्ययन गरेर सो रिपोर्ट तयार पारिएको हो।

हवाई सेनाको शक्तिमा अमेरिका अगाडि देखिन्छ भने स्थल सेनामा रुस सबैभन्दा बलियो देखिन्छ। यस्तै जल सेनामा चीन सबैभन्दा बलियो देखिन्छ। र चीनमा विश्वमै सबैभन्दा धेरै सक्रिय सेना रहेको बताइएको छ। यी सबै देश परमाणु शक्ति सम्पन्न छन्। रुससँग सबैभन्दा धेरै परमाणु हतियार रहेको अनुमान गरिन्छ।

 


प्रतिक्रिया दिनुहोस्