अष्ट्रेलियामा बाढीले हजारौं सर्वसाधरण प्रभावित

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित बनेका छन् । बाढीले निजी तथा सरकारी आवासहरुमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बाढी बढ्दै जान थालेपछि त्यहाँ हजारौ‌ मानिसहरुलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको छ । बाढीका कारण शिक्षण संस्था र हवाइ उडान समेत प्रभावित बनेको छ ।

प्रधानमन्त्री स्कट मारिसले बाढीबाट सर्तक रहन अपिल गरेका छन् । मौसम विभागले बाढीका कारण अझै क्षति हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्