हिउँ चितुवाले सखाप पार्यो च्याङ्ग्रा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरेका छन्।

उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मारिदै आएका छन्।

च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको छ।

मारिएका च्याङग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) अनुसार निकुञ्जद्वारा राहत दिनका लागि पहल गरिने निकुञ्जले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्